लैङ्गिक हिंसा, मानव अधिकार उल्लंघन र भ्रष्टाचार न्यूनिकरणका विषयमा पोखरा परिसंवाद
पाेखरा | मंसिर २४, २०८१
पोखरा: गण्डकी प्रदेशमा लैङ्गिक हिंसा, मानव अधिकार उल्लंघन र भ्रष्टाचार न्यूनिकरणमा सरोकारवालाको भूमिका विषयक परिसंवाद कार्यक्रम गरिएको छ ।
नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयको सभाहलमा भएको कार्यक्रममा सहभागीले गण्डकी प्रदेशमा मानवअधिकारको वर्तमान अवस्थावारे छलफल गरेका हुन् । उनीहरुले मानवअधिकारको अवस्था चिन्ताजनक रहेको निष्कर्ष निकालेका छन् ।
कार्यक्रमका वक्ताहरुले लैङ्गिक हिंसा समाजमा मुख्य समस्याको रुपमा देखा परेको बताए । साथै भ्रष्टाचारका कारण मानवअधिकार हनन भएकोमा चिन्ता व्यक्त गरे ।
कार्यक्रमका गण्डकी प्रदेश सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका सचिव राजेन्द्रदेव पाण्डेले भ्रष्टाचार देशका लागि गम्भिर अपराध रहेको बताए ।
‘हामी सबै यो समाजका उत्पादन हौँ, भ्रष्टचार देशका लागि गम्भिर अपराध हो यो गर्न हुदैँन ।
भ्रष्टचारले राज्य खोक्रो हुन्छ भन्नलाई भन्ने तर आफु त्यसमा नपरेसम्म नसुध्रीने प्रवृतिले हामी समस्यामा छौँ’, पाण्डेले भने ।
भ्रष्टचार बढ्नुमा यो समाज सबै दोषी भएकाले सबै नसुध्रीयसम्म भ्रष्टचार अन्त्य नहुने पाण्डेको भनाइ थियो ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष अनन्दराज मुल्मीले राजनीतिक पहुँचका आधारमा हुने भ्रष्टचार बढेको बताए । उनले निजि क्षेत्रको संलग्नता भ्रष्टाचार हुने भन्दै राज्य संचालककै तहबाट संरक्षण गर्ने गरिएको मुल्मीको उल्लेख गरे ।
भ्रष्टाचार गर्नेलाई राज्यको तहबाटै संरक्षण हुने गरेकाले सामान्य नागरिकले सहजै सेवा पाउने अवस्था नभएको उनको भनाइ थियो ।
राष्ट्रिय मानवअधिकार आयोग गण्डकी कार्यालय प्रमुख नितु गतौलाले राजनीतिक तथा नागरिक अधिकारलाई महत्व दिए पनि सामान्य नागरिकको स्वास्थ्य अवस्थाका वारेमा मानवअधिकारको विषय ओझेलमा परेको बताइन् ।
महिला अधिकारकर्मी बिना सिलवालले दश वर्ष पहिलाको भन्दा अहिले राज्यको तहमा सहभागिता बढेको अनुभव सुनाइन् ।
संख्यात्मक रुपमा सहभागिता बढे पनि व्यवहारिक रुपमा प्रयोजन सही रुपमा हुन नसकेको उनको भनाइ थियो ।
स्वावलम्बन जीवन केन्द्र, पोखराका अध्यक्ष हेमबहादुर गुरुङले अपाङगता भएकाको राज्यका तहमा पहुँचन नपुगेको बताए ।
राज्यले गर्नुपर्ने लगानी नगर्दा असक्त भएकाको अन्तर्राष्ट्रिय स्तरमा सहयोग माग्नुपर्ने अवस्था रहेको गुनासो गरे ।
गण्डकी प्रदेश प्रेस रजिस्टार विमला भण्डारीले गण्डकी प्रदेशलाई कस्तो बनाउने भन्ने सरकारसँगै जनताको पनि उत्तिकै दायित्व हुने बताइन् ।
कार्यक्रममा लैङ्गिक हिंसा, मानव अधिकार उल्लंघन र भ्रष्टाचार न्यूनिकरणका क्षेत्रमा काम गरिरहेका संस्था र व्यक्तिको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण संचारकर्मी रघुनाथ वाग्लेले गरेका थिए ।
गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको आयोजनामा भएको परिसंवाद कार्यक्रममा प्रेस रजिस्टारको कार्यालयको समन्वय र पब्लिक फोर के टेलिभिजनको सहकार्य रहेको थियो ।
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ। छैटौँ तहका इन्जिनियर खड्काले पुलको...
पोखरा । युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ । भगवती युवा ...
फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ। अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

